कोरोना अपडेटः थपिए १८१ संक्रमित, २८९ जना निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ४ हजार ८३१ जनाको पिसिआर परिक्षण र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परिक्षणबाट ८ लाख २५ हजार ७३६, एन्टिजेन परिक्षणबाट ९५ हजार ९८१ रहेकाे छ ।

निकाे हुनेकाे संख्या २८९ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ८ हजार ८९२ पुगेकाे छ।

संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५७३ रहेकाे छ।

नेपालमा हाल ५ हजार २७१ जना सक्रिय संक्रमित छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री