काठमाडौंको तामक्रम ३ डिग्री, हुम्लामा माइनस ६

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकभर चिसो  बेस्सरी थालेको छ । राती र बिहानपख तापक्रम घट्न थालेको हो। काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बेस्सरी बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ बजेर  ४५ मिनेटमा काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो। अधिकतम तापक्रम घटेर १७ दशमलव ४ डिग्रीमा पुगेको छ।

आज सबैभन्दा जुम्लाको तापक्रम कम रहेकाे छ । आज जुम्लाको तापक्रम माइनस ६ दशमलव २ डिग्री सेल्सियस रहेकाे  छ। अधिकतमक तामपक्रम १४ दशमलव ४ डिग्री छ। यस्तै अहिले देशको पश्चिमी र मध्य तराई भू-भागका केही स्थानमा र पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। आज बिहान ८  वजेर ४५ बजे धनगढीको तापक्रम ४ दशमलव २ डिग्री, नेपालगंजको ४ दशमलव ६, भैरहवाको ७ दशमलव ५, सिमराको ६ , जनकपुरको ८ र विराटनगरको ८ डिग्री सेल्सियस रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेकाे  छ।

यस्तो छ ३ आगामी  दिनको मौसम अवस्था
 पौष ५

दिउँसो : बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभरि आंशिक बदली रहनेछ।

 पौष ६

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 पौष ७

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।
राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने भएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after