Tag Archives: mainnews

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ। निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सहमतिमा नेतृत्वको टुङ्गो लगाउने प्रयास असफल भएपछि छुट्टाछुट्टै प्यानल बनाइ उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति …

पुरा पढ्नुहॊस »

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ। साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ। एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो। तेस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। सो बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले निर्वाचन हुने जिल्लाका जिल्ला न्यायाधीशलाई माघ १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको जनाएको छ। प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्त भएको निर्वाचन आयोगले जनाएको छ। …

पुरा पढ्नुहॊस »

पश्चिमी वायुको आंशिक प्रभाव: पहाडमा बदली, तराईमा हुस्सु

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराई हुस्सु र कुहिरो लागेकाे छ। दिउँसो प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशन: थारु महिलातर्फको मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेस थारु महिलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। पार्टीको १४औं महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलबार साँझ सार्वजनिक मतपरिणामअनुसार थारु महिलातर्फ कल्पना चौधरी २५२४ मत तथा जीवन राना २३४९ मतका साथ विजयी भएका छन् । यस्तै पराजित हुने टिका कुमारी चौधरीले ८९२, नमिता कुमारी चौधरीले १६६१ र नवोदिता चौधरीले १५९० मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

कार्यसमितिमा अटाउन नसकेका सबैलाई समेटेर अघि बढ्नु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशनबाट कार्यसमितिमा अटाउन नसकेका सबैलाई समेटेर अघि बढ्नु पर्ने बताएका छन्। नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मिडियाका अधिकार कुन्ठित पार्ने कानुनका पक्षमा आफू कहिले सहमत नहुने उनले बताए। ‘धेरै महत्त्वपूर्ण साथीहरू कार्यसमितिबाट बाहिररहनु भएको छ तर उहाँहरुलाई पनि गाँसेर जानुपर्छ’, शर्माले भने। ‘विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइन’, उनले भने, ‘विपीले नेतृत्व …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीकाे प्रतिद्वन्द्वी कथित एमाले हो: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी एमाले भएको बताएका छन्। पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताएका हुन्। ‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ। हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो। उसले हामीलाई शत्रु घोषणा गरेको छ,’ नेपालले भने, ‘हामी सहभागी कुनै कार्यक्रममा जान्न भन्ने ओली …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः थप २९० जनामा संक्रमण, २३२ निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १२ हजार ४७३ जनाको पिसिआर परीक्षण र ४ हजार ६१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार २०६ र एन्टिजेन परीक्षणबाट ९६ हजार २१ रहेकाे छ। निकाे हुनेकाे संख्या २३२ …

पुरा पढ्नुहॊस »

५६ दशमलव ७३ अंकले बढ्यो नेप्से

मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। आज नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ४१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी छ। याे कम्पनीको आज १४ करोड ५८ लाखभन्दा …

पुरा पढ्नुहॊस »

विवेकशील साझा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरि मिलन पाण्डे निष्कासित

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन्। विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए। पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र मितिः ६ पुष २०७८, मंगलबार श्री मिलन पाण्डे, काठमाडौं । विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे। विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा …

पुरा पढ्नुहॊस »