काेराेना अपडेट : नेपालमा १०,२५८ जना संक्रमित थपिए

गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७ हजार ८७२ जनाको पिसिआर परीक्षण र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ६८ हजार २१५ र एन्टिजेन परीक्षणबाट १ लाख ३ हजार ९८३ रहेकाे छ।

निकाे हुनेकाे संख्या ५६२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १७ हजार ५४७ पुगेकाे छ।

संक्रमणबाट थप १ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६२४ रहेकाे छ।

नेपालमा हाल ३९ हजार ४४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख १३ हजार १४८ खाेप लगाइएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस