काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा शुरु हुँदैछ ।
प्रतियोगिताका केही खेलहरु बुधबारबाट शुरु भईसके पनि औपचारिक उद्घाटन भने आज हुनेछ ।
विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १०९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ । यो ओलम्पिकलाई अमेरिकालगायत केही पश्चिमा देशहरुले कुटनीतिक बहिष्कार गरेका छन् ।
चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै ती मुलुकहरुले चीनमाथि दबाब बढाउन ओलम्पिकमा कुटनीतिक बहिष्कार गरेका हुन् । कुटनीतिक रुपमा बहिष्कार गरेपनि ती देशले खेलाडी भने पठाएका छन् । आजबाट शुरु हुने विन्टर ओलम्पिक फेब्रुअरी २० सम्म चल्नेछ ।
प्रतिकृया दिनुहॊस