३ हजार १७५ संक्रमित थपिए, १४ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६०५ वटा नमुना परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १० हजार २६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ७४२ जनामा र २ हजार ५७९ जनामा एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ६३ हजार २९६ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जना डिस्चार्ज भएका छन् भने मृत्यु १४ जनाको भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस