दशैँ-तिहारमा दिने बिदा थपियो

काठमाडौँ । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ-तिहारको बिदा समेत लम्ब्याएर नौ दिन बढाएको हो ।

आगामी वर्ष दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटिकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । नेवार समुदायले त्यस दिन भाइटिकाकै रूपमा किजा पूजा गर्छन् ।

आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मद जयन्तीमा पनि बिदा दिने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ । यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस