आज उम्मेदवारी फिर्ता लिन सकिने, अन्तिम नामावली प्रकाशन साँझ ५ बजे

काठमाडौं । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजे आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी हिजो साँझ उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । आज उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार प्रमुखमा ३,५१८, उपप्रमुखमा २,१७४ जनाको मनोनय दर्ता भएको छ ।

अध्यक्षमा ३,३९२, उपाध्यक्षमा २,४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको …

प्रतिकृया दिनुहॊस