केशव स्थापितलाई कारवाही गर्न ४५ अघिकारवादी संघसंस्थाको माग (विज्ञप्तिसहित)

काठमाडौँ । काठमाडौँका मेयरका उम्मेदवार केशव स्थापितलाइए कारबाही गर्न विभिन्न ४५ अधिकारवादी संघसंस्थाले माग गरेका छन् । एमालेबाट मेयर पदका उम्मेदवार स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै उनीहरूले कारबाहीको माग गरेको हुन् ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्था संयुक्त विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरे । ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठिक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु आफैँमा लैङ्गिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै पार्टी उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्नुपर्ने पनि उनीहरूको माग छ । एक सार्वजनिक कार्यक्रममा स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक शब्द प्रयोग गरेका थिए ।

हेर्नुहाेस् विज्ञप्ति :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री