एमालेलाई चन्द्र भण्डारीको जवाफ- ‘हारलाई स्वीकार गर्नुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले हारलाई स्वीकार गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत नेकपा एमालेको विज्ञप्तिको जवाफ फर्काउँदै उनले यस्तो बताएका हुन् ।

आइतबार एमालेले सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको थियो । त्यसको जवाफमा नेता भण्डारीले जनताको मतलाई अपमान गर्न नहुने बताएका छन् । ‘हारलाई स्वीकार गर्नुपर्दछ । जनताको मत लाई अपमान गर्नुहुँदैन,’ उनले भनेका छन्, ‘कमजोरी खोजौँ आफूलाई बदलौँ । समयलाई चिनौँ युवाहरूको भावना बुझौँ !’

नेता भण्डारीले पराजयलाई सत्ताको दुरुपयोगसँग नजोड्न पनि आग्रह गरे । ‘पराजयलाई सत्ताको दुरुपयोगसँग जोडेर सिंहदरबारको सरकार र ६ वटा प्रदेशको सरकार गुमाउनुको कारणबाट मुक्त हुन नखोजौँ,’ उनले अगाडि भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री