परराष्ट्रमन्त्री खड्कालाई भीम रावलको चुनौती- ‘नेपाल एसपीपीमा छैन भनेर अमेरिकालाई पत्र लेख्नुस्’

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर सकिएको भन्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।

यसअघि बैठकमा परराष्ट्रमन्त्री खड्काले एसपीपी नकोट्याउन आग्रह गरेका थिए । ‘ परराष्ट्रमन्त्रीले एसपीपीले नकोट्याऊ सबै नङ्ग्याउन भन्नु भो,’ रावलले भने, ‘यो भन्न मिल्दैन, नेपाली सेना दुई दिनअघि सम्झौता भएको छैन भन्ने ? दुई दिनपछि गरेको छैन ? भन्ने यो ठिक भएन ।’

सरकारले सबै प्रमाणसहित चित्तबुझ्दो जवाफ दिनुपर्ने नेता रावलले बताए । ‘एसपीपी आइपिएसको अङ्ग भएको अमेरिकन मन्त्रालयको वेबसाइटमा छ । तर परराष्ट्रमन्त्रीले होइन भन्नु भो अमेरिकन वेबसाइट भन्दायहाँ कोही प्रवक्ता हुनसक्छ ?’ रावलले अगाडि भने ।’

तुरुन्तै परराष्ट्र मन्त्रीले जवाफ फर्काए मैले त्यस्तो भनेको छैन । रावललेप्रति प्रश्न गरे ‘तथ्य आउँदा मान्छे डराउँछ ।’

उनले एसपीपीमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्न चुनौती दिए । ‘अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन समिति गठन गरौँ । अमुक देशसँग सशक्त रूपमा लड्नुपर्छ भनेर भनेको छ । यस्तो कहाँबाट आयो ? हामी स्थल सेना हौँ ? अब त्यता नजाऊ भनेर हुन्छ ?,’ उनले भने, ‘परराष्टमन्त्रीले पत्र पठाएर नलिने भन्न सक्नुपर्छ । एसपीपीमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुस् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस