Tag Archives: mainnews

ताप्लेजुङमा पहिरोले घरै बगाउँदा सासु-बुहारीको मृत्यु, छोरा घाइते (अपडेट)

काठमाडाैँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा पहिरोले पुररेर सासु-बुहारीको ज्यान गएको छ । गए राति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो । अधिकारीको घरमाथि सडक खनिएको थियो । सोहि सडकसँगै गएको पहिरोले घरमतान बगाएको हो । यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर …

पुरा पढ्नुहॊस »

पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनसन

काठमाडौँ । न्याय माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महाेत्तरीको जलेश्वर नगरपालिका ९ की साेनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् । सरकारकारसँग पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन् । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पाैडेल खतिवडाकाे पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर निहारिकाले अनसन ताेडेकी हुन् । प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल …

पुरा पढ्नुहॊस »

नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी

काठमाडौँ । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको हाे । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो । उनका अनुसार ती बिरामीलई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, …

पुरा पढ्नुहॊस »

यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । केहि दिनयता देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण देशभरका खोलानालामा बाढी आउनुका साथै पहिरोको समस्या पनि बढ्दै गएको छ । आज पनि देशका विभिन्न क्षेत्रमा बर्षा हुने र जसका कारण बाढी-पहिरोको समस्या आउन सक्ने मौसमविदले बताएका छन् । पूर्वी नेपालका नदी तथा खोलामा अन्य क्षेत्रको तुलनामा बहाव बढ्न सक्ने जनाइएको छ । आज प्रदेश-१ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेकाले …

पुरा पढ्नुहॊस »

एमालेको बहिष्कारका बिच विनियोजन विधेयक पारित, खर्च कटाैती प्रस्ताव अस्वीकृत

काठमाडाैँ । नेकपा का सांसदहरूको बहिष्कारकाबिच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरूले सदन बहिष्कार गरेका थिए, त्यसलगतै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको बिघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए । बैठकमा विनियोजन विधेयकमाथि परेको …

पुरा पढ्नुहॊस »

अरू देशको सेना नेपाल भित्र्याउने किसिमको कुनै सम्झाैता भएकाे छैन : सरकार

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अरू देशको सेना नेपाल भित्राउने किसिमको सम्झौताका विषयमा कुनै सत्यता नभएको बताएका छन् । उनले मुलुक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले यस विपरीतको कुनै काम नगर्ने बताए । प्रवक्ता कार्कीले एमसीसी सदनबाट पारित भइसकेको अवस्थामा कार्यान्वयनको प्रक्रियामा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, ५२ अर्ब पुँजीसहित ठूलो बैंक बन्दै

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित …

पुरा पढ्नुहॊस »

प्रचण्डको स्पष्टोक्ति– कुनै सैन्य सम्झौता हुँदैन

काठमाडौँ । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले कुनै सैन्य सम्झौता नगर्ने स्पष्ट पारेका छन् । बिहान पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कुनै सैन्य सम्झौता नहुने स्पष्ट पारेका हुन् । अरू देशसित कुनै सैन्य सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको उनको भनाई छ । ‘एसपीपी भन्ने हुँदै छ रे, सैन्य सम्झौता हुँदै छ रे भनेर प्रचार गरिएको छ, विल्कुल झुटो हो,’ उनले भने, ‘म …

पुरा पढ्नुहॊस »

रूवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

काठमाडौँ । आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर बिहान खोलामा खसेको हाे । ल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काकाअनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर …

पुरा पढ्नुहॊस »

वडाध्यक्षले स्विकारेनन् महिला वडा सचिव, मेयर भन्छिन्- ‘उहाँले ठूलो गल्ती गर्नु भो, सच्चिनुपर्छ’

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले पुरुष कर्मचारी माग गरेका छन् । उनले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका हुन् । वडाध्यक्ष पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हन् । नगरपालिकाले १० नं वडामा सुशीला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष …

पुरा पढ्नुहॊस »