माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ

काठमाडौं । माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको जानकारी दिए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । रामेछाप घर भई काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीमाथि छ । २०६५ वैशाख १५ गते अपहरण गरी श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो ।

अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो ।

घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ । थापा खामकै अंगरक्षक थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस