भारतीय राजदूतसँग गृहमन्त्री खाणले गरे मलका लागि सहजीकरण गर्न आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन् ।

गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपशी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

जवाफमा राजददूत श्रीवास्तवले आफूले पहल कदमी लिने बताए । भेटमा गृहमन्त्री खाणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामनासमेत दिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री