ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ कति घातक ?

काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो ।

अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले बताए । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन: बढिरहेको छ ।

बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलिइरहेको छ । स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पुर्‍याएको जनस्वास्थ्यविद्हरूकाे भनाइ छ । अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको छ ।

नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोभिड-१९ फेरि समुदायस्तरमा बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । उनकाअनुसार ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन । ‘सामान्य लक्षण मात्रै हुन्छ कि १ थप समस्या ल्याउँछ भन्ने कुरा यकीन गर्न सकिदैन,’ उनले भने, ‘नयाँ उपप्रजातिले पुनः संक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँछ ।’

यो छिटो सर्ने भएकाले संक्रमित बढ्नसक्ने उनको अनुमान छ । ‘हरेक हप्ता संक्रमितको संख्या बढिरहेको छ । खोपको प्रतिरोधात्मक क्षमता कम हुँदै जानुले केही समय संक्रमितको संख्या बढ्नसक्छ,’ उनी भन्छन्, ओमिक्रोनको बीए फाइभले कतिको जोखिम ल्याउँछ भन्न गाह्रो छ ।’ बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस