उपसभामुखको निर्वाचन असार ३१ गते

काठमाडौँ । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ । सङ्घीय संसद्का सचिव गोपालनाथ योगीले उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्बजनिक गरेका छन् ।

उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ । यसअघि प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न निर्देशन दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस