गोविन्द केसीले पुनः सारे ६ बुँदे माग, पूरा नभए सत्याग्रह थाल्ने चेतावनी

काठमाडौं । डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अघि सारेको माग पुरा नभए भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केसीले वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पार्ने कदमहरू चालेको भन्दै यस क्षेत्रको सुधारका लागि आफूले अघि सारेका ६ बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले विभिन्न विषयमा आफूहरूले सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले अव धैर्य गर्न सक्ने अवस्थामा नरहेको बताए । केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने माग गरेका छन् ।

त्यस्तै उनले जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने बताए । आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गर्नुपर्ने लगायतमा माग अघि सारिएको उनले बताए ।

उनले विद्युतीय गाडीहरूको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकताका साथ अविलम्ब कानुनी व्यवस्था गर्न पनि माग गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री