मेयर बालेनकाे प्रस्ताव- काठमाडौँका ३२ वटै वडामा डाक्टर र इन्जिनियर राखाैँ

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरका ३२ वटै वडामा एमडीजीपी डाक्टर, नर्स र इन्जिनियर राख्ने प्रस्ताव अघि सारेका छन् ।

काठमाडाैँ महानगरपालिका नगर कार्यपालिकाकाे आठाैँ बैठकमा मेयर शाहले महानगरका ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनकाे प्रस्ताव गर्दै त्यसका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने बताएका छन् ।

मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाको वडाहरूमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर शाहले राखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री