सिट बाँडफाँट आज टुङ्ग्याउने सत्ता गठबन्धनको दाबी

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले आज सहमति जुटाउने दाबी गरेको छ । साेमबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि आज पुनः बैठक बस्न लागेकाे हाे ।

आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलले बताएकाे छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार साेमबारको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले सरसरती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारे छलफल गरेका छौँ । फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौँ,’ सोमबारको बैठकपछि कार्कीले भने, ‘हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमतिका साथ आज उठेका छौँ । १६५ सिटमा नै आज मुलरूपमा गृहकार्य भयो ।’

संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री