काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भिएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री …
पुरा पढ्नुहॊस »गोगंबु नयाँ बसपार्क क्षेत्रका अनधिकृत संरचनामा महानगरको चल्यो डोजर
काठमाडौँ । काठमाडौंको गोगंबु नयाँ बसपार्क क्षेत्रमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन थालेको छ । महानगरपालिकाले मापदण्डविपरीत बनाइएका संरचना हटाइरहेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको अगुवाइमा संरचनाहरु धमाधम हटाउन थालिएको छ । अनधिकृत संरचना निर्माण गरेर सञ्चालन गरिएका संरचनाहरु महानगरले हटाएको छ । फुटपाथलाई ढाक्ने गरी ट्रस हालेर संरचना बनाइएको ठाउँमा महानगरले डोजर लगाएर हटाएको हो । मेयर बालेन्द्र शाहले अनधिकृत संरचना हटाउने अभियान आफ्ना कार्यकालभर जारी रहने …
पुरा पढ्नुहॊस »भारतीय सेनाले नेपाली सेनालाई दियाे २२ करोडका सैन्य सामग्री
काठमाडौं । भारतले करिव २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच ती सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् । ‘भारतीय स्थल सेनाध्यषले करिव २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भने । प्रवक्ता सिलवालका अनुसार …
पुरा पढ्नुहॊस »मन्त्रीको फुर्ती देखाएर अपराध गर्ने जीवनरामसँग प्रहरीले बयान लिनुपर्छ : नेता लोहनी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सुरक्षा गार्डलाई थुनामा पठाएको विषयमा आलोचित छन् । उनले शुक्रबार काठमाडौँको ठमेलस्थित भिएफएस ग्लोबलको सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय शेरजंग गुरुङलाई आफूमाथि दुर्व्यवहार गरेको थुनामा पठाएका हुन् । शुक्रबार करिब ११ बजे पक्राउ परेका गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र व्यवहार मुद्दाअन्तर्गत पाँच दिनको म्याद थप गरेको छ । उनलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ । उनीमाथि भएको घटनालाई …
पुरा पढ्नुहॊस »डेंगु महामारी उत्कर्षतिर, ७५ जिल्लामा फैलियो
काठमाडौँ । देशका ७५ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये १० जिल्लामा संक्रमण भयावह बनेको छ तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले त्यसको रोकथाममा जुट्न सरकारी अस्पताल र स्वास्थ्य कार्यालयलाई आइतबार निर्देशन दिएको हो । उपत्यकाका सरकारी अस्पताल र तीनवटै जिल्ला …
पुरा पढ्नुहॊस »गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्दै, कहिले लाग्छ टुंगो ?
काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिट बाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरू ‘सकस’मा परेका छन् । मङ्सिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका उनीहरुले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदलनै बनाए । तर कार्यदलले झण्डै एक महिना कटाउँदा पनि सिट बाँडफाँट टुङ्ग्याउन सकेको छैन । सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भएपनि त्यसलाई टुङ्गोमा पुर्याउन सकेका छैनन् । चाँडै …
पुरा पढ्नुहॊस »कस्तो रहला आजको मौसम ?
काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसमविदले बताएका छन् । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ । सोमबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको …
पुरा पढ्नुहॊस »कर तिर्न अटेर गर्ने ७ क्यासिनोलाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
काठमाडाैं – काठमाडौँ महानगरपालिकाले महानगरभित्र पर्ने ७ वटा क्यासिनोलाई पत्र काटी कर तिर्न ताकेता गरेकाे छ । काठमाडाैँ महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले पत्र काटी सात दिनभित्र तिर्न बाँकी मनोरञ्जन कर तिर्न भनेका हुन् । कर नतिर्ने क्यासिनाेहरू डेल्टिन क्यासिनो होटल, मेरियट, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो र्याट र्याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, बाल्को क्यासिनो होटल एलफ्ट र बेली क्यासिनो मल्ल …
पुरा पढ्नुहॊस »मन्त्रीलाई लाइन बस्न भनेपछि सुरक्षागार्ड पक्राउ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्दा एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्ड शेरजङ्ग कुँवर पक्राउ परेका हुन् । उनी ग्रुप फोर सेक्युरिटीमा कार्यरत थिए । कामका लागि छाया सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए । मन्त्रीका पिएसओले उनी मन्त्री भएको बताएपनि गार्डले जाे भएपनि लाइन बस्नुपर्ने बताएपछि उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइ पक्राउ गरिएकाे हाे …
पुरा पढ्नुहॊस »राजेन्द्र लिङ्देनले त्यागे सांसद पद, भने- मेराे तलबभत्ता राेक्का गरियाेस्
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी कानुन ल्याउने तयारी गरेको भन्दै उनले आफुले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले सरकारले संसदको अवधि निर्वाचनपछि सम्म थप्न लागेकोले सो गलत निर्णयको साक्षी नबस्ने भन्दै पदबाट राजीनामा दिएको बताएका छन् । उनले भने, ‘अबबाट उहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब …
पुरा पढ्नुहॊस »