असनमा पुग्यो महानगरको टोली, अवैध संरचना हटाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरीतका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौँको असन क्षेत्रका संरचना हटाउन शुरु गरेको छ । मंगलबार महानगरको टोली असन पुगेको हो ।

यसअघि अवैध संरचना हटाउन महानगरले दिएको अल्टिमेटम सकिएसँगै महानगरको टोली अहिले असन बजारमा पुगेको छ । महानगरको वडा नम्बर २५ ले आइतबार इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो । महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान शुरु गरेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री