निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण गर्न आरोपित श्रेष्ठ उच्च अदालतमा हाजिर

काठमाडाैँ । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् ।

उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने आदेश दिएको थियो ।

निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया-प्रेम रहेको र सोही समयमा सहमतिमै यौन सम्बन्ध भएको बताएका छन् । धनुषा जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा श्रेष्ठलाई सफाइ दिइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले …

प्रतिकृया दिनुहॊस