डेंगु फैलिएपछि काठमाडौं महानगरले शुरु गर्‍यो हटलाइन सेवा, निःशुल्क एम्बुलेन्स

काठमाडौं । डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा शुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन शुरु भएको हो ।

डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिने छ । आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ ।

‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’

भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुद्धनगर सरसफाइ कार्यक्रम : ५००औं हप्ताको सफाइ समापन (फोटो फिचर) 

काठमाडौं । बुद्धनगर सरसफाइ कार्यक्रमले सफाइका ५०० हप्ता पूरा गरेको छ । कार्यक्रमअन्तर्गत शनिबार सेतो गणेशस्थान मन्दिरदेखि डिडिआई बेङ्क्वेटसम्म ५००औं हप्ताको सफाइ गरिएको हो । बुद्धनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते सुरु गरिएको सफाइ कार्यक्रमले अनवरत रुपमा सफाइ गरेपछि बुद्धनगर क्षेत्रमा जथाभाबी फोहर फाल्ने प्रवृत्तिको अन्त्य भएको र सडक सफा देखिन थालेको छ । सफाइ कार्यक्रमको प्रमुख अभियानकर्मी सांसद मोहन कुमार राई हुन् । 

प्रतिकृया दिनुहॊस