दसैँको अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ? (सूचीसहित)

काठमाडौँ । दसैँ-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आजदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुलेकाे छ । यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार अग्रिम टिकट बुकिङ खुलेकाे हाे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो । नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।

अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरुले बताएका छन् । तर सबै ठाउँ र सबै बस कम्पनीको अनलाइनबाट बुकिङ गर्न मिल्दैन । टिकट लिँदा भाडादर र टिकट वितरकको बारेमा राम्रोसँग जानकारी लिन र आधिकारिक व्यक्ति र काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवस्था विभागले भन्दै आएको छ ।

नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरूले बताएका छन् । तर सबै ठाउँ र सबै बस कम्पनीको अनलाइनबाट बुकिङ गर्न मिल्दैन । टिकट लिँदा भाडादर र टिकट वितरकको बारेमा राम्रोसँग जानकारी लिन र आधिकारिक व्यक्ति र काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवस्था विभागले भन्दै आएको छ ।

कहाँ जान कति भाडा लाग्छ ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस