काठमाडौँ । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिबार बिहान ९ बजेदेखि संसद् सचिवालय सिंहदरबारमा जारी बैठक महाभियोग सिफारिस समितिको बैठकले बयान लिन शुरु गरेको हो ।
यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका जबराले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको वाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् ।
समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमकाअनुसार बयानमा हस्ताक्षरपछि उनीमाथि थप पूरक प्रश्न गर्ने तयारी छ । उनको दिएको जवाफसमेत समावेश गरेर आजै प्रतिवेदन तयार गरी सभामुख अग्नि सापकोटालाई बुझाउनेछ ।
तपाईंको प्रतिकृया




