Tag Archives: mainnews

नक्कली भुटानी शरणार्थी प्रकरणः सहकारी सञ्चालकसहित थप ३ विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्सस्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र …

पुरा पढ्नुहॊस »

संखुवासभा हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते (अपडेट)

काठमाडौं । सङ्खुवासभाको भोटखोला-४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको हो । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, …

पुरा पढ्नुहॊस »

सिम्रिक एयर हेलिकोप्टर दुर्घटनाका ३ घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका ५ घाइते मध्ये ३ जना गम्भीर घाइतेलाई संखुवासभाबाट काठमाडौँ ल्याइएको छ । थप उपचारका लागि उनीहरुलाई नेपाली सेनाकाे हेलिकाेप्टरबाट काठमाडौँ ल्याइएको हो । संखुवासभाको भोटखोला–४ हम्मरेडाँडामा माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ओसारिरहेको सिम्रिक एयरको हेलिकोप्टर अबतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

पुरा पढ्नुहॊस »

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित दुई गम्भीर घाइते

काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित २ जना गम्भीर घाइते भएका छन् । भोटखोला गाउँपालिका–का वडाअध्यक्ष अनुसार हाल दुर्घटनामा परेकाहरुको सिम्रिक एयरकै अर्को हेलिकोप्टर र नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरिरहेको छ । उद्दार गरेर दुवै जना घाइतेलाई काठमाडौँ पठाउने तयारी भइरहेको उनले बताए । घाइतेहरु दुबैको टाउकोमा चोट लागेका कारण अवस्था गम्भीर छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको ल्याब टेष्टका लागि ढुंगा तथा माटोलगायत स्याम्पल ओसार्ने काम सिम्रिक एयरको …

पुरा पढ्नुहॊस »

मिटरब्याज लिनेलाई ७ वर्ष जेल हुने (अध्यादेशको पूर्णपाठ)

काठमाडौँ । मिटरब्याज लिनेलाई ७ वर्षसम्मको जेल सजाय हुने भएको छ । सरकारले मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्दै मिटरब्याजीलाई ७ वर्ष जेल सजाय हुने व्यवस्था गरेको हो । नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन भएको छ । अब यो व्यवस्था लागु हुनेछ । मिटरब्याजलाई अनुचित लेनदेनमा परिभाषित गरिएको छ । लेनदेनक्रममा अनुचित रूपमा हक हस्तान्तरण भएको भएमा हक बदर हुने र सम्पत्ति फिर्ता गराउने व्यवस्था गरिएको छ । …

पुरा पढ्नुहॊस »

टोपबहादुरको गाडी पिछा गर्दा चालक मात्र भेटिए

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बुधबार अर्घाखाँची पुगेका उनी पक्राउ पुर्जी जारी भएको सुनेपछि सम्पर्कविहीन भएका हुन् । अर्घाखाँचीबाट काठमाडौँ जान्छु भनी हिँडेका पूर्वमन्त्रीसमेत रहेका रायमाझी मोबाइल फोन ‘अफ’ गरेर सम्पर्कविहीन भएका छन् । उनले प्रयोग गर्दै आएको प्रदेश-३-०१-०२२ च-०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको थियो । सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा …

पुरा पढ्नुहॊस »

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैले उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री

काठमाडाैं  । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उनले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन् । प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ …

पुरा पढ्नुहॊस »

आज २५६७औँ बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा संघीय संसद्‌मा दुई सचिव नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई जना सचिव नियुक्त गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । यी दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । यसअघिका प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा …

पुरा पढ्नुहॊस »

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २०२ जना सक्रिय संक्रमित रहेका छन् ।

पुरा पढ्नुहॊस »