काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १६ जना अभियुक्तलाइ थप ३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले उनीहरुलाई सरकारी वकिलमार्फत अदालतमा उस्थित गराएर अनुसन्धानका लागि म्याद थप्न माग गरेको थियो । सोही माग अनुसार काठमाडौँ जिल्ला अदालतले ३ दिनको थप समय दिएको हो । आज आइतबार र भोलि सोमबारसम्मका लागि म्याद थप भएको हो । उनीहरुलाई ८ गेतसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद …
पुरा पढ्नुहॊस »नीति तथा कार्यक्रममाथि २० संशोधन प्रस्ताव दर्ता
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आजको बैठकमार्फत् संसद्लाई जानकारी गराए । नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद …
पुरा पढ्नुहॊस »आफै कानुन बनाएर सरकारले ‘यात्री’सँग जरिवाना असुल्न थाल्यो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उद्यमीहरूलाई निरुत्साहित हुने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले सवारी दर्ता प्रक्रियामा समस्या भोगिरहेको भन्दै तत्काल समस्या समाधान गर्नुपर्ने बताएका हुन् । भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको उनको भनाइ छ । ‘विद्युतीय सवारी साधान बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्य विधि संशोधन भयो सरकारको तारिफ …
पुरा पढ्नुहॊस »जहाजभित्र मुसा भेटिएपछि बुद्धले भन्यो- ब्यागेज राम्ररी प्याक गरेर ल्याउनू
काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले जहाजमा मुसा भेटिएको पुष्टि गर्दै यात्रुहरूलाई आफ्नो सामाना राम्ररी प्याक गरेर ल्याउन भनेको छ । शनिबार जहाजमा मुसाको आतंकपछि बुद्ध एयरले यात्रुहरूलाई आफ्नो ब्यागेज र लगेजलाई राम्ररी प्याक तथा बन्द गरेर ल्याउन सुझाएको हो । शनिबार जनकपुरमा मुसा देखिएपछि रोकिएको जहाजको ट्रयापमा आज मुसा भेटिएको हो । मुसा भेटिएपछि जहाजलाई पूर्ण रूपमा चेकजाँच गरी २/३ घण्टासम्म रनअप लिएर सजगता अपनाइएको पनि एयरलाइन्सले जनाएको …
पुरा पढ्नुहॊस »लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रम मौन छ : ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् । आइइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाइरहेको कुरा आइरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको …
पुरा पढ्नुहॊस »नक्कली शरणार्थी प्रकरण राष्ट्रद्रोह हो : महासचिव पोखरेल
काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह भएको बताएका छन् । प्रेस चौतारी दाङले बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस घटनामा राजनीतिक संरक्षण गर्न नहुने बताएका हुन् । नक्कली भुटानी शरणार्थी खडा गरेर रकम असुली गर्ने जस्तो अपराधका दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने उनले बताए । ‘यो राष्ट्रद्रोह हो । राज्यविरुद्धको अपराध हो । राज्यको महत्वपूर्ण पदमा बसेर …
पुरा पढ्नुहॊस »नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालय पुग्दै प्रहरी प्रतिवेदन
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाउने तयारी गरिएको छ । प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिएको हो । पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी …
पुरा पढ्नुहॊस »संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल, एमालेले विरोध गर्ने
काठमाडौँ । प्रतिनिधि सभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ । छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्मा प्रस्तुत गरेका थिए । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको …
पुरा पढ्नुहॊस »डाक्टर मृत भेटिएको घटनामा दुई युवक प्रहरी नियन्त्रणमा
काठमाडाैँ । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । डाक्टर शाह बिहीबार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसी विरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई भने प्रहरीले समातेको थिएन् । मृतक शाहका परिवारले दुबै जनालाई तत्काल नियन्त्रणमा …
पुरा पढ्नुहॊस »यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र …
पुरा पढ्नुहॊस »