काठमाडाैँ । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गरेकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले अर्थतन्त्र उकास्न पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताए । उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् । …
पुरा पढ्नुहॊस »अमरेशकुमार संसद्मै अर्धनग्न बनेपछि…
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद् बैठक फुकालेर असभ्य व्यवहार देखाएका छन् । उनले सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै ‘सर्ट र गञ्जी’ फुकालेर असभ्य व्यवहार देखाएका हुन् । सभामुख देवराज घिमिरेले चेतावनी दिएपनि उनले सर्ट लगाउन मानेका थिएनन् । उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए ।
पुरा पढ्नुहॊस »सेनाका लागि हतियार किन्ने निर्णय भएको छैन : रक्षामन्त्री खड्का
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले नेपाली सेनाका लागि हातहतियार खरिद गर्ने निर्णय नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू मन्त्री बनेदेखि हतियार किन्ने निर्णय नभएको भएका हुन् । हातहतियार बन्दोबस्तोमा आफ्नो नाम पनि मुछिएपछि मन्त्री खडकाको प्रतिक्रिया आएको हो । ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले भनेका …
पुरा पढ्नुहॊस »आजदेखि अव्यवस्थित तार हटाउँदै महानगर (सूचनासहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको आजदेखि सुरु गरिँदैछ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजबाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । जसअनुसार पहिलो दिन …
पुरा पढ्नुहॊस »संसद्मा आजदेखि प्रि-बजेट छलफल, बुधबार अर्थमन्त्रीको जवाफ
काठमाडौँ । संसद्मा आजदेखि तीन दिनसम्म बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट)माथि हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आजबाट प्रि-बजेटमाथि छलफल हुने भएको हो । प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिनेछ । छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व …
पुरा पढ्नुहॊस »पहाडमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू–भागमा …
पुरा पढ्नुहॊस »यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
काठमाडौँ । प्रतिनिधि सभा सदंसदको बजेट अधिवेशन अन्तर्गत आइतबार बसेको पहिलो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक(बजेट)का सिद्धान्त र प्राथकिता प्रस्तुत गरेका छन् । उक्त सिद्धान्त र प्राथमिकता माथिको छलफल भने २५, २६ र २७ वैशाखमा हुने सभामुख देवराज घिमिरेले बताएका छन् । संसदकाे अर्काे बैठक २५ वैशाख साेमबार बिहान ११ बजे बस्ने भएकाे छ । यस्ताे छ पूर्णपाठ :- पूर्णपाठ
पुरा पढ्नुहॊस »संसद्मा आरजुको गुनासो- महिलाले प्रगति गरेको पुरुषले देख्न सकेन
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित सार्वजनिक गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै आरजुले सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गरेर वेबसाइटमा राख्न माग गरेकी हुन् । आरजुले भनिन्- ‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस् । कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के …
पुरा पढ्नुहॊस »नवनियुक्त मन्त्री आचार्यले लिए शपथ
काठमाडौँ । नेपाली कांग्रेसबाट नियुक्त भएका मन्त्री सुरेन्द्रराज आचार्यले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई महिला, बालबालिका तथा ज्यष्ठ नागरिक मन्त्रीमा नियुक्त गरी शपथसमेत दिएका हुन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेले मन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यसअघि उक्त मन्त्राय सम्हालिरहेका महिन्द्र यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मेवारीमा नियुक्त गरिएको छ ।
पुरा पढ्नुहॊस »आँकडाले देशको अर्थतन्त्र सुधारोन्मुख देखायो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । नेपाल व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडामा देशको अर्थतन्त्र सुधारोन्मुख रहेको देखिएको बताएका हुन् । अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले विभिन्न प्रक्षेपणहरूका बाबजुद नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिएको उनको तर्क छ । ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ,’ प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »