टोपबहादुरको गाडी पिछा गर्दा चालक मात्र भेटिए

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बुधबार अर्घाखाँची पुगेका उनी पक्राउ पुर्जी जारी भएको सुनेपछि सम्पर्कविहीन भएका हुन् ।

अर्घाखाँचीबाट काठमाडौँ जान्छु भनी हिँडेका पूर्वमन्त्रीसमेत रहेका रायमाझी मोबाइल फोन ‘अफ’ गरेर सम्पर्कविहीन भएका छन् । उनले प्रयोग गर्दै आएको प्रदेश-३-०१-०२२ च-०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको थियो । सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीको भनाई छ ।

रायमाझी सो गाडीमा नआएको हो वा बिच बाटोबाटै फरार भएको हो भन्नेबारे यकिन भएको छैन । रायमाझी सम्पर्कविहीन भएको र खोजी कार्य जारी रहेको प्रहरी स्रोतले बताएको छ । उनका छोरा सन्दीपलाई प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतबाट थुनामा राख्न अनुमति लिएको छ ।

यसै विषयलाई लिएर बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए । पटक-पटक मन्त्री भइसकेका र बहालवाला सांसद रहेका रायमाझीलाई बाटो बाटैबाट समात्नुपर्ने कारण नभएको उनको जिकिर छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री