राष्ट्रपतिद्वारा संघीय संसद्‌मा दुई सचिव नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई जना सचिव नियुक्त गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

यी दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । यसअघिका प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएपछि नयाँ सचिव नियुक्त भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस