Tag Archives: mainnews

डाक्टरहरूको प्रश्न- पेसा छोडौँ कि देश ?

काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूले आज पनि प्रदर्शन गरेका छन् । चिकित्सकमाथि कुटपिटको विरोधमा विभिन्न अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीले काठमाडौंमा प्रदर्शन गरेका हुन् । माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरेका छन् । उनीहरूले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ …

पुरा पढ्नुहॊस »

एसियाली खेलकुदमा नेपाली क्रिकेटको कीर्तिमानी जित

काठमाडौँ । नेपालले १९औँ एसियन गेम्सको क्रिकेटमा शानदार सुरुवात गरेको छ । एसियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार सुरुवात गरेको हो । यो टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठुलो अन्तरको जित हो । नेपालले दिएको ३१५ रनको लक्ष्य पछाएको मंगोलियाले १३.१ ओभरमा अल आउट हुँदै ४१ रन बनाएको थियो । मंगोलियाका एक ब्याट्सम्यानले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । …

पुरा पढ्नुहॊस »

घरजग्गा र सेयर बजारमा बन्देजको नीतिले अर्थतन्त्रमा समस्या : अम्बिका पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मौद्रिक नीतिले ब्याज बढाउने काम मात्रै गरेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिले गर्दा ब्याज बढिरहेको बताए । कालोसुचीको संख्या पनि मौद्रिक नीतिकै कारणले बढेको उनको जिकिर छ । उनले कर भुतप्रवाही हुनु नहुने बताएका छन् । ‘मर्जर भएका कम्पनी र एफपीओमा …

पुरा पढ्नुहॊस »

गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ । बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो । बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको बताइएको छ । ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । महरालाई ठक्कर दिने गाडीको पहिचान हुन …

पुरा पढ्नुहॊस »

दसैँ लक्षित सहुलियत पसलमा ५० रुपैयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्दैछन् ?

काठमाडौँ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । ‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने छन् ।’ अत्यावश्यक …

पुरा पढ्नुहॊस »

घटस्थापनादेखि नयाँ नोट, एक जनालाई १८ हजार ५ सय रुपैयाँसम्मको सटही सुविधा

काठमाडौं । यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । दसैं, तिहार र छठलाई लक्षित गर्दै घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा …

पुरा पढ्नुहॊस »

ब्राण्डिङमा बेग्लै नाम : अनिता थापा आचार्य

काठमाडौँ । एक सफल महिलाले अर्को महिलाको कुरा सुन्नुपर्छ र अगाडि बढ्नका लागि हौसला दिनुपर्छ । मैले त संस्थाका माध्यमबाट वर्षमा एक पटक भएपनि सशक्तीकरणका लागि पहल गर्दै आएको छु । गत वर्ष हामीले अस्तित्व फाउन्डेसन नेपाललाई एसिड आक्रमणबाट पीडित महिलाहरुको लागि सहयोग गरेको थियौ ।

पुरा पढ्नुहॊस »

यस्तो छ चीन र नेपालको १३ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौँ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालयअन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ …

पुरा पढ्नुहॊस »

मनसुनी वायुको प्रभाव कायमै, यी भू-भागमा हुनेछ वर्षा

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित …

पुरा पढ्नुहॊस »

आइसियूमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट

काठमाडौं । बिरामीको मृत्यु भएको विषयमा आफन्तहरूले पोखरास्थित मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन् । सोमबार दिउँसो बिरामीका आफन्तले हातपात गरेपछि अहिले मणिपाल अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ । लमजुङ सुन्दरबजारकी ५७ वर्षीया शुकमाया दुराको सोमबार मणिपाल अस्पतालका उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तजनले चिकित्सकमाथि हातपात गरेका हुन् । अस्पतालका एक चिकित्सकका अनुसार अन्तिम अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको थियो । उनको मल्टी अग्र्यानका कारण मृत्यु भएको स्रोतले जनाकारी …

पुरा पढ्नुहॊस »