Tag Archives: mainnews

ब्राण्डिङमा बेग्लै नाम : अनिता थापा आचार्य

काठमाडौँ । एक सफल महिलाले अर्को महिलाको कुरा सुन्नुपर्छ र अगाडि बढ्नका लागि हौसला दिनुपर्छ । मैले त संस्थाका माध्यमबाट वर्षमा एक पटक भएपनि सशक्तीकरणका लागि पहल गर्दै आएको छु । गत वर्ष हामीले अस्तित्व फाउन्डेसन नेपाललाई एसिड आक्रमणबाट पीडित महिलाहरुको लागि सहयोग गरेको थियौ ।

पुरा पढ्नुहॊस »

यस्तो छ चीन र नेपालको १३ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौँ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । विभिन्न मन्त्रालयअन्तर्गतका ती सम्झौताका सहमतिपत्रमा नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ …

पुरा पढ्नुहॊस »

मनसुनी वायुको प्रभाव कायमै, यी भू-भागमा हुनेछ वर्षा

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित …

पुरा पढ्नुहॊस »

आइसियूमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट

काठमाडौं । बिरामीको मृत्यु भएको विषयमा आफन्तहरूले पोखरास्थित मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन् । सोमबार दिउँसो बिरामीका आफन्तले हातपात गरेपछि अहिले मणिपाल अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ । लमजुङ सुन्दरबजारकी ५७ वर्षीया शुकमाया दुराको सोमबार मणिपाल अस्पतालका उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तजनले चिकित्सकमाथि हातपात गरेका हुन् । अस्पतालका एक चिकित्सकका अनुसार अन्तिम अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको थियो । उनको मल्टी अग्र्यानका कारण मृत्यु भएको स्रोतले जनाकारी …

पुरा पढ्नुहॊस »

काँग्रेस महासमिति बैठक तयारीका लागि विभिन्न समिति गठन, कुन समितिमा काे ?

काठमाडौं । नेपाली काँग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । काँग्रेस केन्द्रिय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिए। यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति गठन …

पुरा पढ्नुहॊस »

कोशी सरकार विस्तार, कसले कुन मन्त्रालयको पाए जिम्मेवारी ?

काठमाडौं । कोशीका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । जस अनुसार बुद्धिकुमार राज भण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय …

पुरा पढ्नुहॊस »

गैरआवासीयलाई पनि नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ । नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृह मन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए । नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैरआवासीय …

पुरा पढ्नुहॊस »

सडकमै सुते शिक्षक

काठमाडौं । राहत शिक्षकहरूले आज (सोमबार) पनि सडक आन्दोलनलाई जारी राखेका छन् । आफूहरूका माग सम्बोधन नभएको भन्दै सडक प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरूले सडकमै सुतेर विरोध जनाएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा राहत शिक्षकहरूले लगातार प्रदर्शन गर्दै आएका छन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरूले आफूहरूका माग सम्बोधन नभएको बताउँदै आएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक …

पुरा पढ्नुहॊस »

मलंगवामा अब रातको समयमा मात्र कर्फ्यू

काठमाडौँ । सर्लाहीको मलंगवामा चार दिनपछि दिउँसोको समयमा कर्फ्यु हटेको छ । मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपछि प्रशासनले लगाएको कर्फ्युको समय चार दिनपछि छोट्याइएको हो । आजदेखि दिनको कर्फ्यु हटाएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनकै नेतृत्वमा आज बसेको समन्वय सहजीकरण बैठकले मलंगवामा लगाइएको कर्फ्युको समय घटाएको हो । अर्को आदेश वा व्यवस्था …

पुरा पढ्नुहॊस »

नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका हुन् । ग्रेट हल अफ दि पिपलमा भएको द्विपक्षीय वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको हो । द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै …

पुरा पढ्नुहॊस »