घरजग्गा र सेयर बजारमा बन्देजको नीतिले अर्थतन्त्रमा समस्या : अम्बिका पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मौद्रिक नीतिले ब्याज बढाउने काम मात्रै गरेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अन्तर्किया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मौद्रिक नीतिले गर्दा ब्याज बढिरहेको बताए । कालोसुचीको संख्या पनि मौद्रिक नीतिकै कारणले बढेको उनको जिकिर छ । उनले कर भुतप्रवाही हुनु नहुने बताएका छन् । ‘मर्जर भएका कम्पनी र एफपीओमा कर लाग्ने विषयले निजी क्षेत्रले समस्या भएको छ, कर कानुनको अस्पष्टता नै अहिलेको मुख्य समस्या हो, यसले गर्दा नै अर्थतन्त्रमा समस्या देखिएको हो,’ पौडेलले भने ।

सरकारले सेयर बजारलाई अहिलेसम्म मान्यता नदिएको गुनासो गर्दै लगानीकर्ता पौडेलले नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको सीमा तत्काल हटाउनु पर्ने बताएका छन् । राष्ट्र बैंकको संकुचनकारी मौद्रिक नीतिले समस्या देखिएको बताउँदै उनले राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति गर्न बाहेकको काम गर्न नसकेको दाबी गरे ।

उनले राष्ट्र बैंकले हालको नीतिलाई हेरफेर नगरेमा आगामी दिनमा थप समस्या आउन सक्ने र आगामी दिन थप चुनौतीपूर्ण हुन सक्ने बताए । ‘विदेशीने विद्यार्थीको संख्या बढिरहेको छ, सीएहरुको डरलाग्दो पलायनले पनि समस्या आउन सक्छ,’ उनले भने ।

उनले आगामी दिन आर्थिक क्रियाकलाप संचालनमा अझै चुनौतिपूर्ण देखिएको बताए । ‘नेपाल राष्ट्र बैंकको संकुचनकारी मौद्रिक नीतिको कारण चालु चालु पुँजी कर्जा, शेयर धितो कर्जा, व्यक्तिगत कर्जा लागाएतका क्षेत्रमा गरेको निरुत्साहनले सो क्षेत्रमा विगतमा ठूलो लगानी गरिसकोका व्यवसायी त्यहाँबाट निस्कन नसकेको अवस्था, विश्वब्यापी आर्थिक मन्दी, डलरको आकाशिदो भाउ, पछिल्लो समयमा वृद्धि भएको पेट्रोलियमा पदार्थको मूल्य जस्ता कारणले आगामी दिन आर्थिक क्रियाकलाप संचालनमा अझै चुनौतिपूर्ण देखिन्छन्,’ सेयर लगानीकर्ता पौडेलले भने ।

पौडेलले घरजग्गा र सेयर बजारमा बन्देजको नीति अघि सार्दा अर्थतन्त्रमा समस्या आएको तर्क गरे । ‘सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो । खासमा हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा शेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ,’ उनले भने, ‘घरजग्गा र शेयर कर्जामा पनि सधै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस