Tag Archives: mainnews

छेन्दुमा प्रधानमन्त्री प्रचण्ड र सिचुवान प्रान्तका सेक्रेटरीबीच भेटवार्ता (तस्बिरहरू)

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ झियाहोऊसँग भेटवार्ता गरेका छन् ।सिचुवान प्रान्तीय जनकांग्रेसका स्थायी समिति अध्यक्षसमेत रहेका वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग प्रचण्डले द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी विज्ञप्तिको स्मरण गरे ।उनले छुङकिङ, तिब्बत र सिचुवानको भ्रमणका क्रममा पार्टी प्रमुखहरुसँगको भेटवार्ताले …

पुरा पढ्नुहॊस »

पाँच बुँदे सहमतिसँगै राहत शिक्षकको आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच सहमति भएको छ । शिक्षा मन्त्रालयमा शुक्रबार भएको वार्तामा आन्दोलनरत शिक्षकसँग पाँच बुँदे सहमति भएको हो । शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको र शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने तथा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ । शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी तथा आन्दोलनरत राहत शिक्षकका प्रतिनिधिहरुमा नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज …

पुरा पढ्नुहॊस »

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन

काठमाडौं । राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव ५२ वर्षीय कार्कीको शुक्रबार बिहान निधन भएको हो । कार्कीलाई बिहान करिब सवा ७ बजे नर्भिक अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको थियो । केही महिनाअघि मात्र उनी राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा भएका थिए । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव वसन्तप्रसाद पन्थीका अनुसार कार्की गत असार २० गतेदेखि त्यहाँ …

पुरा पढ्नुहॊस »

पुराना दललाई रविको एड्भान्स घण्टी !

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवी लामिछानेले पुराना दलहरूलाई ४ वर्षमा काम गरेर देखाउन चुनौती दिएका छन् ।आफ्नो सामाजिक सञ्जालमार्फत  अध्यक्ष लामिछानेलेल देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्षलाई लिन तपाईंहरू सबै मिल्नुस् भन्दै देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउन पनि भनेका हुन् । उनले लेखेका छन्, ‘हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम …

पुरा पढ्नुहॊस »

शिक्षक चढेको इलेक्ट्रिक गाडी सिन्धुलीमा पल्टियो, ११ जना घाइते (नामसहित)

काठमाडौँ । सिन्धुलीको सुनकोसीमा गाडी दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक गाडी दुर्घटना भएको हो । सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी बिहान करिब ७ बजेर ५० मिनेट जाँदा दुर्घटना हुँदा काठमाडौँ आइरहेका राहत शिक्षकहरू घाइते भएको थियो । दुर्घटनामा परी सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ बस्ने ४६ वर्षीय निरकुमार …

पुरा पढ्नुहॊस »

दसैँ नजिकिएपनि सर्वसाधारणमा छैन उमङ्ग, बजार चकमन्न !

दसैँ नेपालीहरूको महान् चाड हो । दसैँ आउनेबित्तिकै सबैतिर उमङ्ग र उत्साह छाउँछ । दसैँ आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका कार्य गरिन्थ्यो । परदेश पुगेका नेपाली पनि दसैँ मान्ने घर आउँथे । काठमाडौँमा भएकाहरू पनि घर जाने तयारी गर्थे । सामान खरिद गर्नेहरूको भीड बजारमा एक महिना अगाडिदेखि नै देखिन्थ्यो । जागिर नभएकाहरू दसैँ मनाउन महिनादिन अगाडि नै घर जान्थेँ । चोक …

पुरा पढ्नुहॊस »

एमाले बाग्मतीको अध्यक्षमा ढुङ्गेल कि दाहाल ? आज मतदान

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि मतदान हुँदैछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए । तर, अब ढुङ्गेल र दाहालबीच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले …

पुरा पढ्नुहॊस »

छेन्दु जाँदै प्रधानमन्त्री प्रचण्ड, भोलि स्वदेश फर्किने

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहाँ स्थानीय समयअनुसार अपराह्न १४: ३० बजे छेन्दु पुग्ने छन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण …

पुरा पढ्नुहॊस »

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा मौसम सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य …

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोप टक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, …

पुरा पढ्नुहॊस »