काठमाडौँ । सर्लाही सदरमुकाम मलंगवा यतिबेला सुनसान देखिएको छ । स्थानीयहरू दुई समुदायको विवादलाई लिएर त्रासमा बाँचिरहेका छन् । दुई समुदायको दङ्गालाई लिएर मलंगवावासीहरू घरमा ताल्चा लगाइ आ-आफ्नो नातेदारको शरणमा गएका छन् । गणेश मूर्ति सेलाउन लगिरहेका बेला बिहीबार साँझ दुई समुदायबीच भएको विवादले उग्ररूप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु निरन्तर रूपमा जारी छ । कर्फ्यु लागेको आइतबार चौथो दिन भए पनि दङ्गा नियन्त्रण हुन सकेको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री प्रचण्ड र जनकाँग्रेसका अध्यक्षबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष अध्यक्ष झाओ लेचिबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो । सो अवसरमा अध्यक्ष लेचिले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताए । ‘चिनिया जनकाँग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर छ, उनेले भने ।
पुरा पढ्नुहॊस »मनसुनी वायुको प्रभाव, यी भू-भागमा हुनेछ वर्षा
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी …
पुरा पढ्नुहॊस »प्रचण्डविरुद्धको अवहेलना मुद्दाको बहस सात वर्षपछि सकियो, निर्णय मङ्सिरमा
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले मङ्सिरमा निर्णय सुनाउने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा आइतबार निर्णय सुनाउने मिति तोकेको हो । द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । लामो समयदेखि …
पुरा पढ्नुहॊस »राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित ४ हजार पर्ने सिक्का
काठमाडौं – नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको छ । ९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामका छन् । १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूपैयाँ र २५ ग्राम पर्ने सिक्काको मूल्य चार हजार रूपैयाँ तोकिएको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यी उक्त सिक्का सार्वजनिक गरेका छन् । यी चलनचल्तिका नभई मेडालियन सिक्का हुन् । दर …
पुरा पढ्नुहॊस »नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द नहटाउन भण्डारीको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा उनले शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका हुन् । उनले यो कुरा सत्य हो भने त्यसलाई सच्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने जुन कुरा आएको छ । त्यसबारे सरकारबाट स्पष्ट जानकारी चाहियो । यदि सत्य हो भने सरकारले त्यस्तो कार्य तुरुन्त बन्द …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री प्रचण्ड बेइजिङमा
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र …
पुरा पढ्नुहॊस »कांग्रेस बैठकमा पौडेलले भने, गठबन्धन जोगाउनु मात्र उपलब्धी होइन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले पार्टी सभापतिले प्रधानमन्त्री कहाँ गएर यो यो काम गर्नुस् भनेर भन्न सक्नुपर्ने बताएका छन् । ‘सभापतिले प्रधानमन्त्री कहाँ गएर यो/यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन,’ उनले भने । उनले केन्द्रीय समितिको निर्णय विज्ञप्तिमा सीमित हुन नहुने बताए । ‘अघिल्लो केन्द्रीय …
पुरा पढ्नुहॊस »फेरि रोकियो सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसी नचढेको हो । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् । उक्त मुद्दाको पेसी अब कहिले तोकिनेछ टुंगो छैन ।
पुरा पढ्नुहॊस »सहमतिले दिएन राहत : थप सशक्त प्रदर्शन गर्दै राहत र पेन्सन वञ्चित शिक्षक
काठमाडौँ । सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । उनीहरूले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने प्रस्ट पारेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् । पेन्सन वञ्चित शिक्षक समूहका अध्यक्ष अमृत कार्की र महासचिव टीकाबहादुर खड्काले जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी पेन्सन वञ्चित राहत …
पुरा पढ्नुहॊस »