आइसियूमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट

काठमाडौं । बिरामीको मृत्यु भएको विषयमा आफन्तहरूले पोखरास्थित मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात गरेका छन् । सोमबार दिउँसो बिरामीका आफन्तले हातपात गरेपछि अहिले मणिपाल अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ ।

लमजुङ सुन्दरबजारकी ५७ वर्षीया शुकमाया दुराको सोमबार मणिपाल अस्पतालका उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तजनले चिकित्सकमाथि हातपात गरेका हुन् ।

अस्पतालका एक चिकित्सकका अनुसार अन्तिम अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको थियो । उनको मल्टी अग्र्यानका कारण मृत्यु भएको स्रोतले जनाकारी दियो । मृतकका आफन्तहरूले अस्पताल परिसरमा रहेका विद्यार्थी र चिकित्सकहरूमाथि कुटपिटको प्रयास जारी राखेका छन् ।

उनीहरूले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पतालमा समेत तोडफोड गरेका छन् । अस्पताल अहिले तनावग्रस्त छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस