काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् । उनले लेखेका छन्, ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ मन्त्री पदको शपथ खाएको दुई दिनपछि …
पुरा पढ्नुहॊस »देउवाको आग्रह- महिलाविरुद्ध हुने हिंसा अन्त्य गरौं
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले यस दिवसले त्यसमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट …
पुरा पढ्नुहॊस »सबै दललाई सरकारमा आउन आग्रह गर्दै एमालेले भन्यो- नयाँ सहकार्य फलदायी हुनेछ
काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुन अरु दलहरूलाई पनि आग्रह गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको वर्तमानमा आउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरूलाई आग्रह गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेल बताए । ‘जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष …
पुरा पढ्नुहॊस »अर्थमन्त्री पुनको चेतावनी- ऋण तिर्दिनँ भन्नेलाई अब छुट हुँदैन, पक्राउ गरिन्छ
काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्नेहरुलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै मन्त्री पुनले यस्तो चेतावनी दिएका हुन् । जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने उनले बताए । बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ऋण …
पुरा पढ्नुहॊस »पाशुपत क्षेत्रमा १२ ठाउँबाट सवारी डाइभर्सन, कहाँ जान कुन रुट ?
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्र प्रवेश गर्ने दर्शनार्थीलाई मध्यनजर गर्दै प्रहरी ट्राफिक व्यवस्थापन गरिएकाे छ । शिवरात्रिका दिन पशुपति जाने दर्शनार्थीहरूको भिड बढ्ने भएकोले सवारी साधनलाई डाइभर्सन गरिएकाे प्रहरीले जनाएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिएकाे छ। मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज मठ मन्दिरको भ्रमण हुनसक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »आज महाशिवरात्रि, पशुपतिलगायत शिवालयमा दर्शनार्थीको भीड
काठमाडौँ । आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख । महाशिवरात्रि पर्व । पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नदी, …
पुरा पढ्नुहॊस »रेशमले पाएनन् मान्यता, रञ्जीता नै नाउपाको अध्यक्ष
काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वकै समितिलाई सदर गरेको हो । टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए । आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनि प्रश्न उठाएको थियो । गएको पुस …
पुरा पढ्नुहॊस »सुन तस्करीका नाइके दावालाई नागरिकता दिने अधिकृत अर्याल पक्राउ
काठमाडौं । चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरेको हो । उनि हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् छन् । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । दावा छिरिङ र चिनियाँ नागरिक …
पुरा पढ्नुहॊस »मेरो लागि पद ठुलो होइन्, जोखिम मोलेरै नयाँ विकल्प रोजेँ : प्रधानमन्त्री (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताएका हुन् । ‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता …
पुरा पढ्नुहॊस »