सुन तस्करीका नाइके दावालाई नागरिकता दिने अधिकृत अर्याल पक्राउ

काठमाडौं । चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरेको हो ।

उनि हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् छन् । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्‍याएको आरोप छ ।

दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नासु अर्याल सहित तत्कालीन अधिकृत झपेन्द्रराज खरेलले वंशजको नागरिकता दिलाएका थिए । अर्याल चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा नासु पदमा कार्यरत थिए । उक्त घटनामा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस