काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले यस्ते आग्रह गरेका हुन् । अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न मन्त्री पुनको आग्रह छ । ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ’, पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व …
पुरा पढ्नुहॊस »साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले लगाए आगो
काठमाडौं । सर्लाहीमा स्थानीयले बसमा आगो लगाएका छन् । सोमबार साइकललाई यात्रुवाहक बसले ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन् । दुर्घटनापछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात् काठमाडौं रेफर गरिएको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्विप जारी गरेका हुन् । फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् …
पुरा पढ्नुहॊस »पाँच दशक वडाध्यक्ष भएर सेवा गरेका नरसिंह व्यञ्जनकारको निधन
काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । उनको आइतबार नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । उनी ललितपुर-१० मा २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा उनी रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए । त्यतिबेला नरसिंह नेपाली कांग्रेसका उमेदवार रविनमानसँग २८२ मतले पराजित भएका थिए । नरसिंहले ५४३ मत ल्याउँदा रविनमानले ८२५ …
पुरा पढ्नुहॊस »गृहमन्त्री रवि र श्रममन्त्री डीपीको जिम्मेवारी हेरफेरको माग राख्दै प्रधानमन्त्री कार्यालयमा निवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद (डीपी) अर्यालले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन परेको छ । स्वार्थको द्वन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी युवराज सफलले निवेदन दर्ता गराएका हुन् । निवेदनमा मन्त्रालय आपसमा हेरफेर गर्न माग गरिएको छ । ‘२०८० फाल्गुन २३ गते बुधवारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा …
पुरा पढ्नुहॊस »झापाको भगवती प्लाइउड उद्योगमा आगलागी
काठमाडौं । झापाको मेचीनगर-१५ ज्यामिरगढी भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले भित्री भागमा आगो …
पुरा पढ्नुहॊस »सभापति देउवाले दिए ग्याल्पो ल्होसारको शुभकामना
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्त्वपूर्ण पर्व भएको बताएका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू …
पुरा पढ्नुहॊस »आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार, सार्वजनिक बिदा
काठमाडौँ । आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »माओवादीबाट नारायण दाहाल बने राष्ट्रियसभा अध्यक्ष उम्मेदवार
काठमाडौँ । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिद्वारा मनोनित राष्ट्रियसभा सदस्य दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई हुन् । राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुदै छ भने मंगलबार निर्वाचन हुदै छ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ ।
पुरा पढ्नुहॊस »