Tag Archives: mainnews

बालेनविरुद्ध सडकमा उत्रिए काठमाडौंका व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसनले आइतबार प्रदर्शन गरेको छ । कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको कार्यालय राष्ट्रिय सभा गृह अगाडि विरोध र्‍याली निकालेका हुन् । र्‍यालीमा सहभागीहरुले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’ जस्ता नारा लगाएका थिए । केही दिनअघि काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि नगर प्रहरीले …

पुरा पढ्नुहॊस »

सालिन पोख्रेलको मृत्युको कारण झुण्डिएर, बलात्कार पनि नभएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं । चितवनको रत्ननगर नगरपलिका-१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो । अस्पतालले आइतबार दिएको रिपोर्टमा उनको मृत्युको कारण झुण्डिएर भएको खुलेको छ । बलात्कार पछि हत्या गरिएको आफन्तले आशंका गरे पनि रिपोर्टमा बलात्कार नभएको पुष्टि भएको छ । जिल्ला अस्पताल चितवनमा आफन्तले पोष्टमार्टम …

पुरा पढ्नुहॊस »

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ (तस्बिरहरु)

काठमाडौं । हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, …

पुरा पढ्नुहॊस »

काठमाडौँबाट पोखरा घुम्न गएका दुई युवकको बाइक दुर्घटनामा मृत्यु

काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । डिभाइडरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परी कैलालीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । शनिबार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा आचार्यको बिहान करिब ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना …

पुरा पढ्नुहॊस »

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति, चैत २१ गतेसम्म किसानले सबै भुक्तानी पाउने

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा सहमति भएको हो । वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी स्रघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने …

पुरा पढ्नुहॊस »

होस्टेलमा छात्रा मृत्यु प्रकरण : हत्या की आत्महत्या, छानबिनमा जुट्यो प्रहरी

काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो । यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन् । प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ । शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, …

पुरा पढ्नुहॊस »

पश्चिमी वायुले देशभर बदली र वर्षा, काठमाडौंमा छिटफुट वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानहरूमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

चितवन घटना : शालिनको सुसाइड नोटमा ‘सरी एभ्रिबडी’ भनिएको तर्क !

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको घटना अनुसन्धानमा आफन्तले प्रहरीमाथि दबाब बढाइरहेका छन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल झुण्डिएको अवस्थामा होस्टलमा फेला परेकी थिइन् । सोही दिनबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। झुण्डिएको अवस्थामा फेला परे पनि उनको हत्या भएको आफन्तको दाबी छ । उनीहरुले हत्याकै आरोपमा जाहेरी पनि दिएका छन् । उनीहरुको जाहेरीपछि प्रहरीले …

पुरा पढ्नुहॊस »

आज बदली, वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका केही भू-भागमा आज वर्षा हुनेछ । हिजोबाट पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

पुरा पढ्नुहॊस »