rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं.
फागुन २५, २०८० । ई.सं. 08 Mar, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ सिल्लागा । पिङ्गल उत्तरायण शिशिर । शुक्रबार फाल्गुण कृष्णपक्ष । तिथि त्रयोदशी २०:०६ बजेसम्म, त्यसपछी चतुर्दशी । नक्षत्र श्रवण ०८:२९ बजेसम्म, त्यसपछी धनिष्ठा । योग शिव २३:३९ बजेसम्म, त्यसपछी सिद्ध । करण गर ०९:११ बजेसम्म, त्यसपछी वणिज २०:०६ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि मकर । आनन्दादि योग काल । दिनमान ११:४५ । सूर्योदय ६:२३ । सूर्यास्त १८:०८ ।भद्रा २०:६ देखि, ध.पञ्चक १९:४५ देखि । प्रदोषव्रत, महाशिवरात्रिचतुर्दशीव्रत, सिलाचःह्रे पूजा, कान्तिपुरको पशुपतिनाथका साथै हलेसी+महादेव लगायत देशविदेशका शिवालयमा शिवरात्रिमेला, नेपाली सेना दिवस, नारी दिवस सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सफलता पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभहानी, आयव्यय, बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खानेकुरा खान पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । प्राविधिक क्षेत्र सबल रहनेछ, तर साँझमा खर्च बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवश्यक छ । तर आर्थिक पक्ष भने सामान्य नै रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट भोजनको अवसर पाइनेछ । आस्था बढेर जानेछ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आस्था बढेर जानेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । परिवारसँग समय पनि बित्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मठ मन्दिरको भ्रमण हुनसक्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस