देउवाको आग्रह- महिलाविरुद्ध हुने हिंसा अन्त्य गरौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक रहेकामा जोड दिएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले यस दिवसले त्यसमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र सहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उनले बताए । नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिलाले आफ्नो प्राणको आहुति गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उनिहरुप्रति उच्च सम्मान प्रकट गरे ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि महिलाको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस