काठमाडौं । नयाँ सत्ता गठबन्धनमा भागबन्डा मिलेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४ वटा मन्त्रालय पाउने भएको हो । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको हो । डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा …
पुरा पढ्नुहॊस »माधव नेपालसँगको वार्ता सकारात्मक भयो : कांग्रेस
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेट सकारात्मक भएको कांग्रेसले बताएका छ । केही बेरअघि नेपाल निवास कोटेश्वर पुगेको कांग्रेस सभापति शेरबहादुर देउवा, नेत्री आरजु देउवा र नेता रमेश लेखकको टोलीले वार्ता सकारात्मक भएको बताएको हो । भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले कुराकानी सकारात्मक भएको बताए । ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘सकारात्मक कुराकानी भएको छ । यसलाई निरन्तरता दिन्छौं ।’ …
पुरा पढ्नुहॊस »लगातार दोस्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । मंगलबार हालसम्मकै उच्च मूल्य १ लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो । आज ५ सयले बढेर प्रतितोला १ लाख २३ हजार ५ सय रूपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »त्रिशुली बस दुर्घटना : मृतकको सङ्ख्या ७ पुग्यो, ३८ जनाको उद्धार (अपडेट)
काठमाडौं । धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस बिहान घाटबेँसीबाट त्रिशुली नदीमा खसेको हो । ३८ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । ७ जनालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ भने अन्यको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ …
पुरा पढ्नुहॊस »फेसबुक, मेसेन्जर र इन्स्टामा किन आयो समस्या ?
काठमाडौं । नेपाली समयअनुसार मंगलबार राति ९ः१० बजेतिर एकाएक फेसबुक, मेसेन्जर र इन्स्टाग्राम लगआउट भए । प्रयोगकर्ताहरुमा कतै ह्याक भयो कि भनेर हैरानी भयो । तर यो ह्याक नभएर फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ आएको समस्या थियो । यी सञ्जालहरुमा करिब १ घण्टा समस्या देखिएको हो ।
पुरा पढ्नुहॊस »बिहे गर्न नमान्दा ३८ वर्षीय विवाहित धिरेनले गरेका थिए १५ वर्षीया किशोरीको हत्या
काठमाडौं । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किरोशीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको ३८ वर्षीय धिरेन खाँ चौधरीले हत्या परेको खुलेको हो । आरोपी आफूभन्दा दोब्बर भन्दा धेरै उमेर कान्छी किशोरीसँग डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ज्ञानमति र धिरेन गत असार १३ गते परिवारको सहमतीबिनै धारततर्फ भागेका थिए । तर उनीहरुलाई सहयोगी हातहरु नामक गैरसरकारी …
पुरा पढ्नुहॊस »कांग्रेसले लियो प्रचण्डलाई दिएको समर्थन फिर्ता
काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलवार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रिय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । उनले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौं । विश्वासको मत …
पुरा पढ्नुहॊस »निजामती कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने, शेयर किन्न पाउने
काठमाडौं । बहालवाला कर्मचारीहरूले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । संसद्मा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकमा यस्तो प्रावधान राखिएको हो । विधेयकको परिच्छेद ९ मा कर्मचारीहरूको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरूले गर्न हुने र गर्न नहुने कामहरूको विवरण राखिएको छ । कर्मचारीहरूलाई राजनीतिमा भाग लिन, सरकारको आलोचना गर्न, बन्द हडताल गर्न, अन्यत्र नोकरी गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार …
पुरा पढ्नुहॊस »होस्टेलमा मृत भेटिएकी सालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्येष्टि गरिएको हो । एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । उनको बलात्कार पछि हत्या भएको परिवारले आरोप लगाएका थिए …
पुरा पढ्नुहॊस »नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो टी-२० सिरिजको उपाधि
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले …
पुरा पढ्नुहॊस »