अर्थमन्त्री पुनको चेतावनी- ऋण तिर्दिनँ भन्नेलाई अब छुट हुँदैन, पक्राउ गरिन्छ

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्नेहरुलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै मन्त्री पुनले यस्तो चेतावनी दिएका हुन् ।

जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने उनले बताए । बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको उनले बताएका छन् । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने अब छुट दिन सकिँदैन ।’ उनले भने ।

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनले व्यक्त गरे । ‘सरकारले लगानीको वातावरण बनाउँछ । सुरक्षाको प्रत्याभूति दिलाउँछ’, मन्त्री पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ ।’

सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनले जनाए । मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे । उनले सत्तारुढ गठबन्धनमा भएको परिवर्तनका कारण पूर्व निर्धारित लगानी सम्मेलन प्रभावित नहुने समेत स्पष्ट गरे ।

भेटमा अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए । ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरूले आग्रह गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामिरिता ३० औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

काठमाडौं । कामिरिता शेर्पाले सगरमाथाको ३० औं पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन् …

प्रतिकृया दिनुहॊस