सरकारको प्रसंशा गर्नका लागि मात्रै पत्रकारको जन्म भएको होइन : डा प्रकाश शरण महत [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन् ।

उनले देशको दुर-दराजमा बसेका निमुखा जनताको पीरकर्मालाई सरकार र नीति निर्माण तहमा बसेकाहरु समक्ष पुर्याउन सञ्चार माध्यमले उल्लेख भूमिका खेलेको भन्दै प्रसंशा गरे । ‘जनताका समस्या गुनासा र समाजमा भएको भ्रष्टाचारलाई सार्वजनिक गरिदिनुभएको छ त्यो तपाईको व्यक्तिगत विषय होइन,’ उनले भने- ‘सरकारलाई खबरदारी गरेर नागरिकको पक्षमा बोल्नु सञ्चार क्षेत्रको धर्म हो ।’

२०४६ सालपछि नेपालमा सरकारीसँगै नीजि क्षेत्रका सञ्चार माध्यमको पनि उदयभएको भन्दै नेता महतले अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड्दिए । उनले केही पत्रकार जनता भन्दा पनि पार्टीको पक्षमा बोल्न गरेको टिप्पणी गरे । ‘सरकारको प्रसंशा गर्नका लागि मात्रै पत्रकारहरुको जन्म भएको होइन,’ उनले भने- ‘यो आम नागरिकको अधिकार सुरक्षित गर्न हो, निमुखा जनताको आवाज मुलधारमा ल्याउन हो, त्यसैले यसतर्फ पनि यहाँहरुको ध्यान जानुपर्छ ।’

व्यक्ति र समुदाय वा राज्यका तर्फबाट नागरिकमाथी भएको अन्यायविरद्ध कमल चलाउनुपर्नेमा उनले जोड्दिए । ‘सञ्चार क्षेत्र भनेको निकै शक्तिशाली क्षेत्र हो,’ उनले भने- ‘अन्यायमा परेकोहरुको पीडा कसले दिन्छ भन्दा सञ्चार माध्यमले दिन्छ अनि त्यो अभिव्यक्ति दिएपछि देश–विदेशमा पुग्छ, सरकारको कानमा पुग्छ र त्यसको सुनुवाइ हुन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds