उपत्यकासहित देशभर दर्के झरी, कहाँ-कहाँ छ बाढीको जोखिम ?

काठमाडौं । गएरातीदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्‍न स्थानमा भारी वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेकोले वर्षा भइरहेको हो ।

पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानहरूमा मध्यम वर्षा मापन गरिएको छ । काठमाडौंका बिण्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतमा पानीको बहाव बढेकोले किनारका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउनसक्ने, नदी किनार र डुवान भईरहने सम्भावनाप्रति सचेत गराउँदै होचा स्थानमा दिउँसो सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा भएको छ । आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउनसक्ने भएकोले बिहान १० बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ ।

पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको, थप वर्षा हुनसक्ने, डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने, राप्तीमा पनि जलसतह केहि बढ्ने, डुवान भईरहने भएकोले नेपाल बाढी सूचनाले होचा स्थानमा दिउँसोसम्म सतर्क रहन अनुरोध गरिएको छ भने कैलाली, कञ्चनपुर र डडेलधुराका नदी तथा खोला किनारमा पनि सावधानी अपनाउन आग्रह गरिएको हो ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन ५ गते (सोमबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ६ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा(Heavy Rain) को सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds