फाइल फोटो

देशभर ठूलो वर्षाः यी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा अझै चार दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने भएको हो ।

विभागका अनुसार प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । अब ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ ।

कहाँ-कहाँ छ जोखिम ?
विभागले सातवटै प्रदेशका केही स्थानहरूमा भारी वर्षाका कारण त्यहाँ रहेका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने र पहिरो जानसक्ने, डुबान हुनसक्ने अनि सडक तथा हवाई यातयात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।

शुक्रवारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र तीनका सहायक नदी सहित चुरे र कतिपय तराई भएर बग्ने नदीमा उल्लेख्य रूपमा बहाव बढ्ने बताइएको छ । कतिपय नदीको तह सतर्कता आसपास पुग्नसक्ने मध्यम सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

सोमवार नारायणी तहमा बहावको तह उल्लेख्य बढ्ने र सतर्कता तह पार गरी खतरा आसपाससम्म पुग्नसक्ने चेतावनी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले दिएको छ । त्यसबाहेक कन्काई, कमला, वाग्मती, तिनाउ र पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक रूपमा बहाव बढेर बाढी आउनसक्ने चेतावनी दिइएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :-

साउन ६ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ८ गते (विहीबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ को थोरै स्थानहरुमा र बागमति प्रदेशको एक वा दुई भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुरपश्चिम प्रदेश को थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds