सप्तकोसीमा पानीकाे बहाव याे वर्षकै उच्च, काेशी ब्यारेजका ४८ ढोका खोलिए

काठमाडौं । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ ।

बिहानको मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव वर्षकै उच्च हो ।

सप्तकोसीमा बाढी उर्लिएको र पानीको बहाव उच्च भएपछि तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । कोसी ब्यारेज भएर भइरहेको पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री