काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा १० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा संक्रमितको संख्या ४ सय पुगेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४४ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहॊस