‘एसिड आक्रमणकारीलाई कठोर सजाय दिन कानुन संशोधन गर्न निर्देशन’

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिले एसिड आक्रमणकारीलाई हुने कारबाहीलाई कडा बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले एसिड आक्रमणकारीलाई कठोर सजायको व्यवस्था गर्न यस सम्बन्धी आवश्यक कानून संशोधन गर्ने प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

एसिड हान्ने घटना दोहोरिरहेको र एसिड आक्रमणबाट पिडित बालिकाको भविष्य अनिश्चित र पीडाबोधका साथ बाँच्नुपर्ने भए पनि पीडक निश्चित वर्ष जेल र निश्चित रकम जरिवाना तिरेर सामान्य जीवनमा फर्किने गरेकाले हदैसम्मको कारबाही हुने गरी कानून कडा बनाउन निर्देशन दिइएको छ ।

समिति सभापति निरु पालले पीडकहरू निश्चित सजाय कटाएर वा धरौटीमै रिहा भएर समेत सामान्य अवस्थामै रहनु दुखद भएका बताइन् । ‘पीडक निश्चित वर्ष जेल र निश्चित रकम जरिवाना तिरेर सामान्य जीवनमा फर्किन्छन्, ‘सभापति पालले भनिन्– ‘तर पीडितहरू भने समाजबाट समेत बहिष्करणमा पर्ने अवस्था देखिएको छ, त्यसैले पीडितलाई राज्यको तर्फबाट सहयोगको आवश्यक प्रवन्ध मिलाउन पर्छ र पीडकमाथि कानूनी व्यवस्था अनुसार हदैसम्मको अभियोग दाबी गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिन्छु ।’

समितिको बैठकमा बालबालिका सम्बन्धी विद्यमान नीतिगत तथा कानूनी प्रावधान, अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरू र सो को कार्यान्वयनको अवस्था बारेमा विज्ञ तथा बालबालिकाका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूसँग छलफल गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस